Logo
८ आश्विन २०८१, मंगलबार
(June 21, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चिनियाँ राजदूत छन् सोङले भने : पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीआरआई अन्तर्गत हो

नेपालको लागि चिनियाँ राजदूत छन् सोङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चीनको बीआरआई परियोजनाअन्तर्गत भएको बताएका छन् । आज (बुधवार) पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट आएको सिचुवान एयरको अवतरणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत सोङ्ले यस्तो बताएका हुन् ।

उनले भने, ‘अन्ततः हामीले अन्तर्राष्ट्रिय उडानको सफल अवतरण गरेका छौँ, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा । यो बीआरआई परियोजनाअन्तर्गतको हो ।’ पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपाल सरकार र चिनियाँ सरकारी स्वामित्वको ठेकेदार कम्पनी सीएएमसीईबीचको सम्झौतामा बनेको हो ।

प्रकाशित मिति: Jun 21, 2023

प्रतिक्रिया दिनुहोस्