Logo
८ आश्विन २०८१, मंगलबार
(June 20, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बझाङमा सुदूरपश्चिम सरकारका आन्तरिक मामिलामन्त्री सिंह सवार जीप दुर्घटना

बझाङमा सुदूरपश्चिम सरकारका मन्त्री सवार जीप दुर्घटनामा परेको छ । सुदूरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह सवार सुपप्र ०१००१ झ ४८० नम्बरको जीप डडेल्धुराबाट चैनपुर आउने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने स्थानमा दर्घटनामा परेको हो ।

जीप सडकबाट करिब ५० मिटर तल कालंगा खोला किनारमा खसेको छ । दुर्घटनामा मन्त्री सिंहसहित चारजना घाइते भएका छन् । मन्त्री सिंहको खुट्टा र अनुहारमा चोट लागेको छ । उनको केदारस्युँ गाउँपालिका १ देउरास्थित ॠतु पोलिक्लिनिकमा उपचार भइरहेको छ ।

अन्य घाइते तीनजनाको रायल प्राथमिक स्वास्थ केन्द्र देउरामा उपचार भइरहेको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति: Jun 20, 2023

प्रतिक्रिया दिनुहोस्