Logo
८ आश्विन २०८१, मंगलबार
(June 19, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारी सञ्चार माध्यम सत्तारुढ दलहरुका मुखपत्र : प्रेम सुवाल

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारले सरकारी सञ्चार माध्यमहरुलाई सत्तारुढ दलहरुको मुखपत्र बनाएको आरोप लगाएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सञ्चारमन्त्री रेखा शर्माले सरकारी स्वामित्वमा रहेका सञ्चार माध्यमहरु गोरखा पत्र, रेडियो नेपाल र नेपाल टेलिभिजनलाई सरकार र मन्त्रीहरुको मात्रै प्रचार गर्न निर्देशन दिएको भन्दै आक्रोश समेत व्यक्त गरे ।

सांसद सुवालले खुमलटारस्थित रेडियो नेपालको ५० औँ रोपनी जग्गा विक्री गरेर करोडौं कमिसन खाने काम भएको जिकिर गर्दै त्यस्ता गतिविधिमा संलग्नहरुलाई कडा कारबाही गर्न पनि सरकारसँग माग गरे ।

सांसद सुवालले विज्ञापनहरुको प्रकाशन तथा प्रसारण अनिवार्य रुपमा नेपाली भाषामा हुनुपर्ने व्यवस्था गर्न पनि सरकारलाई सचेत गराए ।

प्रकाशित मिति: Jun 19, 2023

प्रतिक्रिया दिनुहोस्