Logo
८ आश्विन २०८१, मंगलबार
(June 19, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्नेविरुद्धको मुद्दा फिर्ता लिएपछि विरोध

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेमबहादुर चलाउनेमाथि आक्रमण गर्नेविरुद्धको मुद्दा फिर्ता गर्ने सरकारको निर्णयविरुद्ध नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले प्रदर्शन गरेको छ ।

गत बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सांघातीक हमलामा संलग्न अभियुक्तविरुद्धको मुद्दा फिर्ता लिने निर्णय गरेपछि अनेरास्ववियु आन्दोलित बनेको हो ।

मुद्दा फिर्ता नलिन र उपप्राध्यापक चलाउनेलाई न्यायको माग गर्दै अनेरास्ववियुका विद्यार्थीहरूले जिल्ला अदालत परिसरमा प्रदर्शन गरेका छन्। सोही क्रममा प्रहरीले केही विद्यार्थीहरूलाई नियन्त्रणमा लिएको छ ।

भोलि सो मुद्दाको अन्तिम सुनुवाइ जिल्ला अदालत काठमाडौं हुँदैछ ।

२०७७ असोज २० मा त्रिभुवन विश्वविद्यालय परिसर कीर्तिपुरमा समाजशास्त्रका उपप्राध्यापक चलाउनेमाथि आक्रमण गरेको आरोपमा नेपाल विद्यार्थी संघका हरि आचार्य, योगेन्द्र रावललगायतविरुद्ध जिल्ला अदालत काठमाडौंमा ज्यान मार्ने उद्योगको मुद्दा थियो ।

नेविसंघका आचार्य र रावलसँगै दीपकराज ओझा,रुपेश साह, रविन लामा, सयुज श्रेष्ठ, निरज रानामगरविरुद्ध पनि ज्यान मार्ने उद्योगको मुद्दा छ। आक्रमणबाट उपप्राध्यापक चलाउनेको टाउको, छाती, घाँटी, तिघ्रामा चोट लागेको थियो ।

प्रकाशित मिति: Jun 19, 2023

प्रतिक्रिया दिनुहोस्