Logo
८ आश्विन २०८१, मंगलबार
(June 19, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाढीको वितण्डा : संखुवासभामा हेवा र सभा खोलामा परी १ को मृत्यु, २१ जना बेपत्ता

कोशी प्रदेश स्थित संखुवासभामा अविरल वर्षाका कारण हेवा र सभाखोलामा शनिवार राति आएको बाढीले एकको मृत्यु भएको छ भने बाढी र पहिरोमा परी २१ जना सम्पर्कविहीन भएका छन् । बाढीपहिरोले लाखौं रुपियाँ बराबरको भौतिक संरचनामा क्षति पुगेको छ ।

बाढीपहिरोले हेवाखोलामा रहेको सुपर हेवाखोला हाइड्रोपावर र अपर हेवा हाइड्रोपावरमा ठूलो क्षति पु¥याउनुका साथै त्यहाँ कार्यरत कामदार एक जनाको मृत्य भएको छ भने १८ जना सम्पर्कविहीन रहेको प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले बताउनुभयो । बाढीपहिरोमा परी घाइते भएका ३ जनाको स्वास्थ्य केन्द्र चैनपुरमा उपचार भइरहेको छ ।

त्यस्तै, बाढीपहिरोले जिल्लाको सभापोखरी गाउँपालिका–३ सिवेक्पामा २ जना बेपत्ता भएका छन् भने सभापोखरी–६ स्थित मङजुवामा ६ जना पहिरोमा परी घाइते भएका छन् ।

बाढीपहिरोमा परी चैनपुरको नुनढाकीमा १ जना बेपत्ता भएका छन् । बाढी र पहिरोमा परी विभिन्न स्थानमा बेपत्ताको प्रहरी, सशस्त्र प्रहरीलगायत जनप्रतिनिधि, स्थानीयबासीले खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

बाढीपहिरोले विभिन्न स्थानका १२ घरमा पूर्ण क्षति पु¥याएको छ । बाढीले पिलुवा खोलामा रहेको विद्युत् उत्पादन शुरू गरिरहेको मेन्छेम हाइड्रोपावरमा समेत ठूलो क्षति पु¥याएको छ ।

हाइड्रोपावरको पावर हाउसलगायत पावरहाउसको ड्याम पूर्ण रूपमा क्षति पु¥याएको बताइएको छ । बाढीले हेवा र पिलुवा खोलामा रहेको २ वटा पक्की पुल बगाएको छ भने हेवा खोलामा निर्माणाधीन १ पक्की पुलमा क्षति पु¥याएको छ ।

त्यस्तै, बाढीपहिरोले २ वटा लिफ्ट खानेपानीमा क्षति पु¥याएको स्थानीयबासीले बताएका छन् । बाढीले चैनपुर–११ स्थित लिफ्ट खानेपानी लुवाकोट र खाँदबारी–९ स्थित लिफ्ट खानेपानी बोहोराटारमा समेत क्षति पु¥याएको छ । खोला किनारमा रहेको लिफ्ट खानेपानीको मेसिनलगायत सामग्री बाढीले पुरेको छ ।

बाढीले चैनपुर खाँदबारी जोड्ने कोसी राजमार्गमा रहेको सभाखोलाको पक्की पुलसमेत जोखिममा रहेको प्रहरीले जनाएको छ । पुलमुनि करिब २० फुट बालुवा गेग्रान थुपारेपछि पानीको सतह माथि आएकाले पुल अति जोखिममा परेको छ ।

जिल्लाका विभिन्न स्थानमा बाढी र पहिरोले हाइड्रोपावरका डोजरलगायत मेसिन औजारहरू बगाएको र लाखौं रुपियाँ बराबरको क्षति पु¥याएको प्रहरीले जनाएको छ ।

बाढीपहिरोको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको र घटनाको जानकारी लिन प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की, सुरक्षा निकायका प्रमुखको टोली घटनास्थलतर्फ गएका छन् ।

बेपत्ता हुनेहरूको नामावली
सुपर हेवा हाइड्रोपावरका मजदुर

१. सन्तोष ढकाल, सुनसरी इटहरी, वर्ष ३५, सुपरभाइजर
२. फैजबहादुर कार्की, झापा, गौराहदह, सुपरभाइजर
३. भुवनसिंह तामाङ, चैनपुर–४ संखुवासभा, वर्ष ३५
४. सुवास राई, चैनपुर संखुवासभा
५. गणेश गिरी, धनकुटा पाख्रीबास
६. राजकुमार मगर, इलाम
७. मीना श्रेष्ठ, झापा, भान्से
८. रामजतन थारू, कैलाली
९. राहुल थारू, बर्दिया
१०. रोहित थारू, बर्दिया
११. पुलसन थारू, बर्दिया
१२. कालीराम थारू, बर्दिया
१३. राजराम थारू,बर्दिया
१४. सुगत थारू, कैलाली
१५. अमर थारू, कैलाली
१६. सीता थारू, कैलाली
१७. दीपक मगर, पाँचखपन, संखुवासभा
सभापोखरी गाउँपालिकामा बेपत्ता
१८. गणेश राई, सभापोखरी–३, वर्ष ६०
१९. सन्चमाया राई, सभापोखरी–३, वर्ष ६१
चैनपुरको नुनढाकीमा बेपत्ता
२०. भीम चौधरी, बर्दिया नगरपालिका
अपर हेवा हाइड्रोपावरका बेपत्ता
२१. ज्ञानबहादुर लिम्बु, चैनपुर न.पा–४, वर्ष ५०

प्रकाशित मिति: Jun 19, 2023

प्रतिक्रिया दिनुहोस्