Logo
८ आश्विन २०८१, मंगलबार
(June 18, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जिम्बाब्वेविरुद्ध नेपालको पहिले ब्याटिङ

आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको आफ्नो पहिलो खेलमा आइतबार नेपालले आयोजक जिम्बाबेको सामना गर्दैछ । विश्वकप छनोट खेल जिम्बाबेमा हुँदैछ । आइतबारको खेलमा जिम्बाबेले टस जितेको छ ।

जिम्बाबेले टस जितेर नेपाललाई पहिलो ब्याटिङका लागि आमन्त्रण गरेको छ । नेपाली समयअनुसार, १२ बजेर ४५ मिनेटमा खेल सुरु हुनेछ । नेपालले पहिले ब्याटिङ गर्नेछ । विश्वकप छनोटअघि नेपालले दक्षिण अफ्रिकामा दुई र जिम्बाबेमा दुईवटा अभ्यास खेल खेलेको थियो । नेपालले आफ्नो अन्तिम अभ्यास खेलमा ओमानलाई हराएको थियो ।

प्रकाशित मिति: Jun 18, 2023

प्रतिक्रिया दिनुहोस्