Logo
८ आश्विन २०८१, मंगलबार
(June 15, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नक्कली शरणार्थी प्रकरणमा भुटानी शरणार्थी नेता रिजालको तर्फबाट थुनछेक बहस

नक्कली भुटानी शरणार्थी प्रकरणमा आज काठमाडौं जिल्ला अदालतमा भुटानी शरणार्थी नेता टेकनाथ रिजालका तर्फबाट अधिवक्ता राजकुमार सुवालले थुनछेक बहस गरेका छन् ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा सुवालले रिजाललाई यो प्रकरणमा प्रतिवादी बनाइनुको औचित्य नरहेको जिकिर गरेका हुन् ।

इजलासमा आज रिजालका अतिरिक्त प्रतिवादीहरु लक्ष्मी महर्जन र हरिभक्त महर्जनका कानुन व्यवसायीले पनि थुनछेक बहस गर्नेछन् । प्रतिवादीका तर्फबाट थुनछेक बहस भएपछि सरकारी वकिलले जवाफ दिनेछन् ।

प्रकाशित मिति: Jun 15, 2023

प्रतिक्रिया दिनुहोस्