Logo
३ कार्तिक २०८१, शनिबार
(August 17, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तीन छोरी गुमाएका थारुलाई प्रधानमन्त्रीले दिए ६ लाख

नेपालगञ्ज : बाढीले घर भत्किएर तीन छोरी गुमाएका कामीलाल थारुलाई प्रधानमन्त्री शेरबहादुर देउवाले ६ लाखको चेक हस्तान्तरण गरेका छन् ।

लगातारको वर्षा पछि आएको बाढीले राप्ती सोनारी ४ लालपुर गाउँमा थारुको घर भत्किएको थियो । घर भत्किन थालेपछि थारु दम्पत्तिले भागेर ज्यान बचाए तर, ७, ९ र १२ वर्षकी तीन छोरीको मृत्यु भएको छ ।

बाढी पीडितको अवस्था बुझ्न बाँके पुगेका प्रधानमन्त्री देउवाले सरकारको निर्णय अनुसार ६ लाखको चेक दिएका हुन् । सरकारले बाढीमा मृत्यु भएकाको परिवारलाई २-२ लाख राहत दिने निर्णय गरेको छ ।  प्रधानमन्त्री देउवाले कामीलाललाई सरकारले नै घर बनाइदिने आश्वासन दिएका छन् ।

 

प्रकाशित मिति: Aug 17, 2017

प्रतिक्रिया दिनुहोस्