Logo
८ आश्विन २०८१, मंगलबार
(June 4, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देशको समग्र हितको रक्षापछि मात्रै संसद्को गतिरोध अन्त्य हुन्छ : अध्यक्ष ओली

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका संसदीय दलका नेता एवं अध्यक्ष केपी शर्मा ओलीले नेपालको समग्र हितको रक्षापछि मात्रै संसदमा भएको अवरोध हट्ने बताएका छन् ।

आइतबार बसेको प्रतिनिधिसभाको बैठक अवरोधपछि संसद् भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले राष्ट्र, संविधानको रक्षा र भूमिको रक्षापछि मात्रै संसद्को गतिरोध हटाउने बताए ।

उनले भने, ‘राष्ट्रको रक्षा, संविधानको रक्षा, भूमिको रक्षा, राष्ट्रिय स्वाभिमानको रक्षा र नेपालको समग्र हितको रक्षापछि मात्रै यो सेटल हुन्छ ।’

प्रतिपक्षी दलहरुको विरोधका कारण प्रतिनिधिसभाको बैठक १ घण्टाका लागि स्थगित भएको छ ।

प्रकाशित मिति: Jun 4, 2023

प्रतिक्रिया दिनुहोस्