Logo
३ कार्तिक २०८१, शनिबार
(August 17, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रकाश अर्यालको कार्यकाल : SSP प्रमुख हुने कार्यालयमा DIG !

काठमाडौं  :  नेपाल प्रहरीमा छविलाल जोशी र ठूले राई नेपाल प्रहरीका डिआईजी हुन् । तर, यी दुवै महानगरीय प्रहरी परिसर प्रमुखमा थन्किएका छन् । काठमाडौं र ललितपुर परिसर प्रमुख एसएसपी हुने प्रावधान भए पनि गृह मन्त्रालयले पदस्थापन नगर्दा दुवै प्रहरी अधिकारी डिआईजीको फुली लगाएर एसएसपीको भुमिकामा छन्। यो खबर आजको नागरिकमा छापिएको छ ।

काठमाडौं परिसरमा रहेका प्रधुम्न कार्की बढुवा भएर एसएसपी भए। उनी पनि एसएसपीको फूली लगाएर एसपीको काम गरिरहेका छन् । एसएसपी प्रमुख हुने महानगरीय अपराध महाशाखाका प्रकाशजंग कार्कीले पनि एसएसपीको फूली लगाएर एसपीको भूमिका निर्वाह गरिरहेका छन्। अहिले महाशाखामा एसएसपी दिनेश अमात्य प्रमुख छन् ।

हालै एआइजिपिमा बढुवा भएका ११ जना मध्ये अधिकांशको हालत पनि उस्तै छ। केही एआइजी डिआइजी हुँदाका बेला आएआइजी प्रमुख रहने कार्यालयका निमित्तका रूपमा सरूवा भएकाले उनीहरू विभाग प्रमुखको भूमिकामा त छन् तर पदस्थापना सोही कार्यालयमा भएको छैन ।

बढुवा जाम खुलाउँदै गृह मन्त्रालयले एआइजीदेखि हवल्दारसम्मको बढुवा निकाल्यो। तर पदस्थापना भएको छैन। प्रहरी नियमावली अनुसार एआइजी सरूवा मन्त्रिपरिषदले गर्नुपर्छ भने डिआइजी र एसएसपीको सरूवा अधिकार गृहमन्त्रीमा छ । तस्बिरः नेपाल प्रहरी

प्रकाशित मिति: Aug 17, 2017

प्रतिक्रिया दिनुहोस्