Logo
१२ मंसिर २०८१, बुधबार
(May 25, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देखाइयो रातो मच्छिन्द्रनाथको भोटो, तस्बिरमा हेर्नुहोस्

वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा बिहीबार सम्पन्न भएको छ । राष्ट्रपति रामचन्द्र पौडेल, उपरराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित विशिष्ट व्यक्ति तथा सर्वासाधारणको उपस्थितिमा बिहीबार अपरान्ह रातो मच्छिन्द्रनाथको भोटो देखाइएको हो ।

ललितपुरको जावलाखेलमा रातो मच्छिन्द्रनाथको भोटो देखाइएको हो । गुठी संस्थान कार्यालय ललितपुरका प्रतिनिधिले भोटो देखाउने चलन छ । लगनखेलको थतीटोल चौबाटोमा रहेको रातो मच्छिन्द्रनाथको रथलाई तानेर जावलाखेलमा पुर्याइएको थियो ।

मच्छिन्द्रनाथको रथलाई तानेर जावलाखेल पुर्याइएको चौथो दिनमा भोटो देखाउने प्रचलन छ । सोहीअनुसार बिहीबार भोटो देखाइएको हो । अब रातो मच्छिन्द्रनाथको मूर्तिलाई खटमा राखेर बुंगमती पुर्याइन्छ । रातो मच्छिन्द्रनाथको भोटो देखाउने अवसरमा बिहीबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदासमेत दिइएको थियो ।

प्रकाशित मिति: May 25, 2023

प्रतिक्रिया दिनुहोस्