मधेस प्रदेश सरकारमा खटपट : सत्तापक्षबाट बाहिरिने माओवादीकाे निर्णय
जनकपुरधाम, ९ जेठ । मधेश प्रदेश सरकारमा खटपट सुरुभएको छ । सरकारबाट माओवादी केन्द्र बाहिरिएको छ । । मंगलबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले मधेश प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको हो ।
गठबन्धनको निर्णयविपरीत मुख्यमन्त्री सरोज कुमार हिँडेको भन्दै माओवादी केन्द्रले सरकारबाट बाहिरिने निर्णय गरेको हो।