Logo
९ आश्विन २०८१, बुधबार
(May 18, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जनता बेच्न ठूला दलबीच सहमति भएको देखियो : अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नक्कली भूटानी शरणार्थी प्रकरणमा ठूला दलबीच सहमति भएको बताएका छन् । बिहीवार काठमाडौंमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको नक्कली भूटानी शरणार्थी भ्रष्टाचार प्रकरणको बिरोध सभामा बोल्दै अध्यक्ष लिङ्देनले यस्तो आरोप लगाएका हुन् ।

अध्यक्ष लिङ्देनले जनता बेच्ने भ्रष्टाचार ठूला दलहरुको सर्वदलिय सहमतिमा पुग्नु लज्जास्पद र दुःखदायी रहेको बताए । ‘पुल कमसल बनाएर खाने मात्रै नभएर आफ्नै जनता बेचेर खान पनि नेपालका ठूला दलको सर्वदलीय सहमति देखिएको छ । योभन्दा निकृष्ट भ्रष्टाचार के हुनसक्छ’ उनले भने, ‘भ्रष्टाचारको पनि तल्लो तहको भ्रष्टाचार यो भन्दा अरु के हुनसक्छ । आफ्नो जनता बेचेर खाने कस्तो कल्पना होला ? यो जस्तो लजास्पद र दुःखदायी कुरा अरु केही पनि हुन सक्दैन ।’

उनले विश्व जगतमा नेपालको बद्नाम भएको भन्दै नेपालको शिर झुकेको बताए । लिङ्देनले नक्कली भूटानी शरणार्थी प्रकरण पनि नेपाल प्रहरीको जोडबलमा र विदेशीहरुको चासोमा अगाडि बढेको बताए । ‘विश्व जगतमा नेपालको बद्नाम भएको छ । नेपालको शिर झुक्ने काम भएको छ । यो काण्ड पनि नेपाल प्रहरीको जोडबलमा विदेशीहरुको चासोमा अगाडि बढेको छ । यो पनि अनुसन्धान पूर्ण नभईकन फाइल अदालतमा जाने दिशामा छ’ लिङ्देनले भने, ‘यो भ्रष्टाचार अर्ब खर्बको भ्रष्टाचार भयो भन्ने मात्र होइन यो राज्यद्रोह र राज्य विरुद्धको अपराध हो । त्य कारण यो अपराधमा कुनै पनि मानिसहरुले उन्मुक्ति पाउनु हुँदैन । यसमा आकर्षित हुने सबै प्रकारका मुद्दाहरु चल्नुपर्छ ।’

उनले अपराधमा संलगनहरुलाई राज्य विरुद्धको अपराध, ठगी, संगठित अपराध र सरकारी दस्तखत कृत्य सम्बन्धिको अपरा मुद्दाहरु चलाउन आग्रह गरे । प्रहरीले नक्कली भूटानी शरणार्थी प्रकरणको छानबिन गर्न खुट्टा कमाउन नहुनेमा लिङ्देनले जोड दिए । राप्रपा कुनैपनि भ्रष्टाचारीले उम्कने कुराको पक्षमा नरहेको बताउँदै उनले भ्रष्टाचार र हिंसाको राजनीतिले ढिलो चाँडो दण्डित हुनुपर्ने बताए ।

प्रकाशित मिति: May 18, 2023

प्रतिक्रिया दिनुहोस्