Logo
९ आश्विन २०८१, बुधबार
(May 16, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकार अरुले नै चलाउँदो रहेछ भन्ने अनुभूति भएको छ : मन्त्री किराँती

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले संसद् र सरकार अरूले नै चलाउँदो रहेछ भन्ने अनुभूति आफूलाई भएको बताएका छन् ।

मंगलबार संघीय संसद् अन्तरगतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सिंहदरबारमा बसेको बैठकमा बोल्दै करातीले आफूले मन्त्रीको रूपमा सो अनुभूति गरेको बताएका हुन् ।

मन्त्री किरातीले मन्त्री अरूले नै चलाउने भएकाले आफूलाई भने ‘शोकेसको मान्छे’ जस्तो भएर बस्नु परेको गुनासो समेत गरे । उनले भने, ‘यहाँ अरूले नै संसद् चलाउँदो रहेछ । हामी त डमी मात्रै रहेछौँ । अरूले नै चलाउँदो रहेछ मन्त्री त । हामी त शोकेसको मान्छे मात्रै रहेछौँ । मलाई लागेको कुरा यो हो । हामीले पर्यटनको क्षेत्रमा हामीले धेरै ऐन बदल्नु छ । र, यो सेक्युरिटीको क्षेत्रमा हामीले यो ऐनलाई छिटो पास गर्नुछ । संसद्‍मा हाम्रो सक्रिय भूमिका भइदिनु पर्‍यो । चासो गरिदिनु पर्‍यो । तपाईंहरुले बोलिदिनु पर्‍यो । अनि मात्रै एउटा मन्त्रीको बल आउँदो रहेछ ।’ मन्त्री किरातीले नेपालजस्तो सानो देशका लागि धेरै विमानस्थलहरू आवश्यक नभएको तर्क समेत गर्नु भयो ।

प्रकाशित मिति: May 16, 2023

प्रतिक्रिया दिनुहोस्