Logo
९ आश्विन २०८१, बुधबार
(May 9, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान हिरासतमा

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई हिरासतमा लिइएको छ । खानलाई इस्लामाबाद उच्च अदालत बाहिरबाट सुरक्षाकर्मीले हिरासतमा लिएको हो । उनको पार्टीको स्रोतले यसबारे जानकारी दिएको छ ।

उनलाई कुन मुद्दामा हिरासतमा लिइएको भन्नेबारे अहिले जानकारी नभएको बीबीसीले बताएको छ ।

इमरान खानको पार्टी पाकिस्तान तहरिक–ए–इन्साफ (पिटिआई) का नेता फवाद खानका अनुसार इस्लामाबाद उच्च अदालत बाहिर इमरान खानको गाडीलाई रेन्जरले घेरेका थिए ।

प्रकाशित मिति: May 9, 2023

प्रतिक्रिया दिनुहोस्