Logo
९ आश्विन २०८१, बुधबार
(May 4, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका सन्दीपलाई आज अदालत पेस गरिँदै

नेपालीहरुलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा मुछिएपछि पक्राउ परेका सन्दीप रायमाझीलाई आज अदालतमा पेस गरिँदैछ ।

बुधबार बेलुका रुपन्देहीबाट पक्राउ परेका सन्दीपलाई आज काठमाडौं ल्याउने र अनुसन्धानका लागि म्याद थप गर्न जिल्ला अदालत काठमाडौंमा पेस गर्ने प्रहरी स्रोतले जनाएको छ । उनलाई आज बिहान भैरहवा विमानस्थलबाट काठमाडौं ल्याइँदै छ ।

नेकपा एमालेका सचिव एवम् अर्घाखाँची क्षेत्र नम्बर १ बाट निर्वाचित सांसदसमेत रहेका टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई बुधबार राति भैरहवा हिरासतमा राखिएको थियो । जिल्ला अदालतले बुधबार टोपबहादुर र उनका छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा बुधबार पूर्वगृहसचिव सचिव टेकनारायण पाण्डे, मंगलबार तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेका थिए । गिरोहका नाइके भनिएकाहरू केशव दुलाल, सानु भण्डारी, सागर थुलुङ राई, टंक गुरुङ, अशोक पोखरेल र सन्देश शर्मा पोखरेल पनि पक्राउ परिसकेका छन् ।

 

उनीहरुले दिएको बयानका आधारमा प्रहरीले तत्कालीन गृहमन्त्री बादलका छोरा प्रतीक र इन्द्रजित राईका छोरा निरजविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ । तर उनीहरु फरार छन् ।

प्रकाशित मिति: May 4, 2023

प्रतिक्रिया दिनुहोस्