Logo
९ आश्विन २०८१, बुधबार
(April 30, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महावीर पुनसँग सरकारले थाल्यो वार्ता

सरकारले अनुसन्धान, नवप्रवर्तन र आविष्कारसहित ४ बुँदे माग राख्दै माइतीघरमा धर्ना बसेका राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनसँग वार्ता थालेको छ ।

वार्ता सिंहदरबारस्थित रक्षा मन्त्रालयमा जारी छ । वार्तामा कानुन मन्त्रीको समेत जिम्मेवारीमा रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्ण खड्का र पुनसहित अन्य सहभागी रहेका खड्काको सचिवालयले जनाएको छ ।

सरकारले खोज अनुसन्धान र आविष्कारमा बेवास्ता गरेको भन्दै पुनले शुक्रबारदेखि माइतीघरमा धर्ना सुरु गरेका थिए ।

महावीरसँगै धर्नामा राजनीतिक दलका पार्टीका नेता तथा सामाजिक अभियन्ताहरु पनि सहभागी भएका छन् ।

प्रकाशित मिति: Apr 30, 2023

प्रतिक्रिया दिनुहोस्