Logo
९ आश्विन २०८१, बुधबार
(April 28, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पाकिस्तानमा भारतीय च्यानल प्रसारण गर्ने ५० केबल अपरेटरका उपकरण जफत

भारतको टिभी च्यानल देखाउने पाकिस्तानका ५० भन्दा बढी केबल अपरेटरलाई कारबाही गरिएको छ । यसअन्तर्गत उनीहरुको उपकरण जफत गरिएको छ । बरामद गरिएका उपकरणमा १४ स्याटेलाइट रिसिभर, ११ मोड्युलेटर, ५ ट्रान्समिटर र २ डिजिटल बक्स रहेका छन् ।

समाचार एजेन्सी पीटीआईका अनुसार पाकिस्तान इलेक्ट्रोनिक मिडिया रेगुलेटरी अथोरिटी (पेमरा) ले बिहीबार यी च्यानलहरूमा यो कारबाही गरेको हो । पेमराले पाकिस्तानमा इलेक्ट्रोनिक मिडियालाई मात्र निगरानी गर्छ । बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पेमराका टोलीहरूले पाकिस्तानका सात शहरहरू – लाहोर, मुल्तान, फैसलाबाद, सरगोधा, गुजरनवाला, कराची र हैदरावादको आकस्मिक भ्रमण गरेपछि यो कारबाही गरेको हो ।’

यसअघि पेमराले भारतीय च्यानलहरूको सामग्री प्रसारण गरेपछि केबल अपरेटरहरूलाई फेरि पनि आदेश उल्लङ्घन गरेको पाइएमा कडा कारबाही गरिने चेतावनी दिएको थियो ।

प्रकाशित मिति: Apr 28, 2023

प्रतिक्रिया दिनुहोस्