Logo
९ आश्विन २०८१, बुधबार
(April 26, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सभामुख घिमिरेसँग क्युवाका राजदूतले गरे शिष्टाचार भेट

सभामुख देवराज घिमिरेसँग नेपालका लागि क्युवाका राजदूत एलेजान्ड्रो सिमानकास मारिनले सिंहदरवारमा बुधबार शिष्टाचार भेट गरेका छन् ।

भेटमा संसदीय आदान प्रदान, दुई देशबीचको सम्बन्ध विस्तार लगायतका विषयमा छलफल भएको छ । सभामुख घिमिरेले नेपाल र क्युवाबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ४८ वर्ष पुगेको स्मरण गर्दै दुई देशबीच आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा सहयोग पुगेको विश्वास व्यक्त गरे । उनले महाभूकम्पमा क्युवाको चिकित्सक टोलीले पुर्‍याएको सहयोगको प्रशंसा गरे ।

सभामुख घिमिरेले क्युवाको संसदको हालै भएको निर्वाचनमा निर्वाचित अध्यक्ष र सांसदहरुलाई शुभकामना दिएका थिए । उनले दुई देशका संसदबीच मैत्रीपूर्ण सम्बन्ध विस्तार र संसदीय आदान प्रदान गर्न नेपाल तयार रहेको समेत बताए ।

राजदूत एलेजान्ड्रोले क्युवाको संसदमा पहिलोपटक क्युवा–नेपाल मैत्री समूह गठनको तयारी भएको जानकारी दिँदै नेपालले पनि मैत्री समूह गठन गर्ने विश्वास व्यक्त गरे । उनले अमेरिकाले दुई वर्षअघि क्युवामाथि लगाएको आर्थिक नाकाबन्दीविरुद्ध नेपाल उभिएको स्मरण गर्दै नेपालको समर्थनप्रति धन्यवाद व्यक्त गरे ।

प्रकाशित मिति: Apr 26, 2023

प्रतिक्रिया दिनुहोस्