Logo
९ आश्विन २०८१, बुधबार
(April 24, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दक्षिण कोरियाका राष्ट्रपतिमाथि चीनको कटाक्ष

चीनका उप-विदेशमन्त्री सुन वेइडोङले दक्षिण कोरियाका राष्ट्रपतिले ताइवानबारे गरेको टिप्पणीप्रति उजुरी दर्ता गराएका छन् ।

चिनियाँ विदेश मन्त्रालयले आइतबार उप विदेश मन्त्री सुन वेइडोङले दक्षिण कोरियाली राजदूतलाई ‘गलत’ टिप्पणीको लागि गुनासो गरेको बताएको छ ।

विदोङले उनको अगाडि ‘सालम रिप्रेजेन्टेशन’ दिएका थिए । कूटनीतिक शब्दमा ‘सालम रेप्रिजेन्टेशन’ को अर्थ औपचारिक रुपमा उजुरी दर्ता गर्नु हो ।

दक्षिण कोरियाली राष्ट्रपति युन सुक येओलले समाचार एजेन्सी रोयटर्ससँगको एक विशेष अन्तर्वार्तामा ताइवान वरिपरि बढेको तनावको कारण बल प्रयोग गरेर यथास्थिति परिवर्तन गर्ने प्रयास भएको बताए ।

उनले आफू यस्तो परिवर्तनको विरुद्धमा रहेको बताए । दक्षिण कोरियाका राष्ट्रपतिले भने, ‘ताइवानको मुद्दा चीन र चीनबीचको मात्र होइन । उत्तर कोरिया जस्तै, यो एक अन्तर्राष्ट्रिय मुद्दा हो । ’

त्यसपछि चिनियाँ उपविदेशमन्त्री सुन वेइडोङले दक्षिण कोरियाली राष्ट्रपतिको टिप्पणी कुनै पनि हालतमा स्वीकार गर्न नसकिने बताए ।

प्रकाशित मिति: Apr 24, 2023

प्रतिक्रिया दिनुहोस्