Logo
९ आश्विन २०८१, बुधबार
(April 24, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बारा–२ मा बिहान ११ बजेदेखि मतगणना सुरु गर्ने सर्वदलीय बैठकको निर्णय

बारा–२ मा सोमबार बिहान ११ बजेदेखि मतगणना सुरु हुने भएको छ । केहीबेर अघि बसेको सर्वदलीय बैठकले बिहान ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको हो ।

मतगणना उत्तरतर्फ रहेको कोहल्वी नगरपालिका वडा नम्बर ८ बाट शुरु गर्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

बारा २ को मतगणना शिक्षा तालिम केन्द्र, कलैयामा हुनेछ । आइतबार भएको उपनिर्वाचनमा बारामा करिब ६३ प्रतिशत मतदान भएको छ ।

प्रकाशित मिति: Apr 24, 2023

प्रतिक्रिया दिनुहोस्