कम्युनिष्टहरुले सबैभन्दा पहिले आचरण सुधार गर्नुपर्छ : झलनाथ खनाल
नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले कम्युनिस्टहरूले आफ्नो आचारण पुनर्विचार नगरेमा देशको निम्ती केही दिन नसक्ने बताएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७५ औं वर्ष पुगेको उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै खनालले कम्युनिष्टहरुले सबैभन्दा पहिले आचरण सुधार गर्नुपर्ने बताए ।
आइतबार एकीकृत समाजवादीले आयोजना गरेको कार्यक्रममा बोल्दै खनालले भने, ‘हामी आज यति महत्त्वपूर्ण कार्यक्रममा राखेको थियौँ । बोलाएका अतिथिलाई डेढ घण्टा बस्ने फुर्सद भएन । मेरो सन्देश पुर्याई दिनुस् । कमरेडहरू आफ्नो आचरण पुनर्विचार गर्नुस् । आचरण पुनर्विचार गर्नुभएन भने यो देशको निम्ति धेरै योगदान गर्न सक्नुहुन्न ।’
यस्ता कार्यक्रममा अन्तिमसम्म बसेर बहस र छलफलमा सहभागी हुनुपर्नेमा बोल्दै हिँड्दै गरेमा केही अर्थ नहुने खनालको भनाई छ । ‘कोही अप्ठ्यारो परेर वा बिरामी भएर जानुभए बेग्लै कुरा भयो । सहज हुँदाहुँदै कार्यक्रम छोडेर जानुभएको हो भने राम्रो होइन’ उनले भने । कार्यक्रममा सबै अतिथि बोल्दै हिँडेर गएपछि खनालले कसैलाई सम्बोधन नगरी आफ्नो कुरा राखेका थिए ।