Logo
९ आश्विन २०८१, बुधबार
(April 21, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रमुख नापी अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार अनुसन्धान दुरुपयोग आयोगले नापी कार्यालयका चाबहिलका तत्कालीन प्रमुख नापी अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

जग्गाको नक्सा आफूखुशी जोडेको र नक्सामा नभएको क्षेत्रफललाई कानूनविपरीत कित्ताकाट गरेको भन्‍दै नापी कार्यालय चाबहिलका तत्कालीन प्रमुख नापी अधिकृत दुर्गादास महर्जनसहित ८ जनाविरुद्ध विशेष अदातल काठमाडौँमा मुद्दा दायर गरीएको हो ।

अख्तियारले नापी कार्यालय चावहिलका तत्कालीन प्रमुख नापी अधिकृत दुर्गा दाश महर्जन, नापी अधिकृत रवि शंकर पाण्डेय र सर्भेक्षक रामनारायण यादवले मूलपानी १ ख कि.नं. ७०८, ७०९, ६६६ र ८१३ को कित्ताकाट गर्ने क्रममा सरकारी कागजातको रुपमा चिनिने नक्सामा अनाधिकृतरुपमा कित्ताहरुको आकारप्रकार परिवर्तन गरी नक्सा सच्याएको आरोप लगाएको छ ।

यो कार्यमा मालपोत चाबहिलका तत्कालीन मालपोत अधिकृत विष्णु प्रसाद काफ्ले र नायव सुब्बा उत्‍तम कुँवर तथा झापाको कमल गाउँपालिका-२ का योगेन्द्र आचार्य , काठमाडौँ कागेश्वरी मनोहरा-९ का सिताराम अधिकारी र काठमाडौँ महानगरपालिका-९ का नविन दाहालको पनि संलग्नता रहेको अख्तियारको दाबी छ ।

आचार्य, अधिकारी र दाहालले टायल चेकबाट क्षेत्रफल बढ कायम गरी नक्सा तयार गर्ने कार्यमा नापी कार्यालय, चावहिलका कर्मचारीहरुलाई परिवर्तित नक्साबमोजिमको क्षेत्रफल कायम गरी गलत लिखत पारित गर्न मतियारको रुपमा सहयोग पुर्‍याएको अख्तियारको आरोप छ ।

प्रकाशित मिति: Apr 21, 2023

प्रतिक्रिया दिनुहोस्