Logo
९ आश्विन २०८१, बुधबार
(April 21, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सीसीटीभी जडान र सञ्चालनका लागि काठमाडौं महानगरले दियो प्रहरीलाई ६ करोड

काठमाडौं महानगरपालिकाले सीसीटीभी जडान र सञ्चालनको लागि नेपाल प्रहरीलाई ६ करोड रुपैयाँ उपलब्ध गराएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) आफ्नो चुनावी बाचा अनुसार चोक चोकमा (सीसीटीभी) जडानको सुरुवाता भएको बताए ।

शुक्रबार विहान सामाजिक सञ्जालमा मेयर शाहले भने, ‘चुनाब पहिले मैले भनेको थिए चोक चोकमा (सीसीटीभी) हाल्नेछु , यस्को सुरुवात हामीले यसको जडान र सञ्चालनको लागि नेपाल प्रहरीलाई ६ करोड रुपैयाँ उपलब्ध गराएको छौँ ।’

सहरी सुशासन र महानगरपालिकाको कार्य सम्पादनलाई सूचना प्रविधि प्रणालीमा आवद्ध गराउन महानगरपालिकाले नेपाल प्रहरीलाई उपलब्ध गराउन लागेको उनले बताए ।

‘सहरको शान्ति सुरक्षा, अपराध नियन्त्रण, दुर्घटना, फोहरमैला व्यवस्थापन, फुटपाथ अतिक्रमण, प्रदुषण, सार्वजनिक सम्पत्तिको उपयोगजस्ता सहरी सुशासन र महानगरपालिकाको कार्य सम्पादनलाई सूचना प्रविधि प्रणालीमा आवद्ध गराउन महानगरपालिकाले नेपाल प्रहरीलाई उपलब्ध गराउन लागेको हौं । यो सुरुवात मात्र हो । हामी भविष्यमा अझै धेरै सहकार्य गर्नेछौँ,’ मेयर शाहले लेखेका छन् ।

प्रकाशित मिति: Apr 21, 2023

प्रतिक्रिया दिनुहोस्