Logo
१० आश्विन २०८१, बिहीबार
(April 18, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फिल्म ‘निरमाया’ ले अन्तर्राष्ट्रिय प्रदर्शन जापानबाट थाल्ने

मदानी मुभि एन्ड इन्टरटेन्मेन्ट प्रा.लिको ब्यानरमा निर्मित नेपाली सामाजिक फिल्म ‘निरमाया’ को अन्तर्राष्ट्रिय प्रदर्शन जापानबाट हुने भएको छ ।

निर्माता अनन्त तिमल्सिनाले फिल्मको विदेश प्रदर्शन जापानबाट गर्न लागिएको जानकारी दिए ।

एनोदर चान्स नेपाल, एनआरएनए जापान र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापान च्याप्टरले फिल्म जापानमा प्रदर्शन गर्न लागेको हो । अप्रिल २९ तारिकमा फिल्म टोकियोको शिनओकुबो स्थित सोलमारी मुराहलमा प्रदर्शन हुनेछ ।

जातीय छुवाछुतविरुद्धको सन्देश दिने फिल्ममा रमेश बुढाथोकीको मुख्य भूमिका रहेकोछ । रमेश कोइरालाले निर्देशन गरेको फिल्म अनन्तसँग महेश तिमल्सिना, रोजा तिमल्सिना र रमेश दाहालले निर्माणमा सहकार्य गरेका छन् ।

फिल्ममा रमेश बुढाथोकीको अलवा लय संग्रौला, जेएन घिमिरे, जेबी डीसी, अजित लामिछाने, प्रतिशा रिजाल, समृद्धि पौडेल, रमेश अधिकारी, गोपाल ढकाल, रामबाबु रेग्मी लगायतको अभिनय छ ।

प्रकाशित मिति: Apr 18, 2023

प्रतिक्रिया दिनुहोस्