Logo
१० आश्विन २०८१, बिहीबार
(April 11, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

टीआरसी विधेयक सर्वस्वीकार्य बनाउने प्रमुख तीन दलबीच सहमति

प्रमुख तीन राजनीतिक दलबीच संक्रमणकालीन न्याय निरूपण (टीआरसी) लगायतका विधेयकलाई सर्वस्वीकार्य बनाउने सहमति भएको छ ।

मंगलबार बालुवाटारस्थित सभामुख देवराज घिमिरेको सरकारी निवासमा बसेको कांग्रेस, एमाले र माओवादी केन्द्रको बैठकमा टीआरसी लगायतका विधेयक न्यायपूर्ण र सर्वस्वीकार्य बनाउने सहमति भएको हो ।

विधेयकमा समेट्ने विषय र प्रक्रियाका विषयमा पुनः बैठक बसेर निर्णय गर्न उक्त दल सहमत भएका छन् । अर्को बैठक आगामी १ वैशाख शुक्रबार दिउँसो १ बजे सिंहदरवारमा बस्ने गरी समय तोकिएको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी थिए ।

यसैगरी एमाले प्रमुख सचेतक पदम गिरी, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, कांग्रेस सांसद ईश्वरी न्यौपाने,   महान्याधिवक्ता दीनमणि पोखरेल र पूर्वमहान्यायाधिवक्ता रमेश बडाल पनि बैठकमा सहभागी भएका थिए ।

प्रकाशित मिति: Apr 11, 2023

प्रतिक्रिया दिनुहोस्