Logo
११ आश्विन २०८१, शुक्रबार
(April 9, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमाले सरकार नभएसम्म देश विकास हुँदैन : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको सरकार नभएसम्म यो देशको विकास नहुने बताएका छन् । आइतबार धादिङको रुवी भ्याली गाउँपालिकामा मिसन ग्रासरुट अभियान अन्तर्गत आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले एमालेलेमात्रै देश विकास गर्ने दावी गरेका हुन् ।

‘तसर्थ एमालेको सरकार नबनीकन यो देश बन्दैन, यो देशमा विकास हुन सक्दैन’, अध्यक्ष ओलीको भनाइ छ । उनले एमालेको सरकार बाह्य तत्वहरुले जोडजाड गरेर नभई जनताले नै बनाउने बताए । उनले एमालेको सरकार बनाउन अरु सबै एकातिर भएपनि एमाले वडा पालिका हुँदै सबैतिर एमालेको बहुमत हुनुपर्ने बताए । उनले मजबुत राष्ट्रिय

शक्ति बनाउन नै एमालेले मिसन ग्रासरुट अभियान थालेको भन्दै सचेत जनताको संगठित शक्ति एमाले जनताको घर आँगनमा पुगिरहेको बताए ।

प्रकाशित मिति: Apr 9, 2023

प्रतिक्रिया दिनुहोस्