Logo
११ आश्विन २०८१, शुक्रबार
(April 9, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाराका जनता साम्प्रदायिकतामा विश्वास गर्दैनन्, यादव समुदायकै मतले निर्वाचित हुनेछु : रमेश खरेल

राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट बारा २ को उपनिर्वाचनको उम्मेदवार रहेका रमेश खरेलले बाराका समुदाय साम्प्रदायिकतामा विश्वास नगर्ने दाबी गरेका छन् । बाराका यादव समुदायकै मत पाएर आफू निर्वाचित हुने दाबी उनले गरे ।

आज बारामा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले राजनीतिलाई समाजसेवामा बदल्ने अठोटका साथ राजनीतिमा प्रवेश गरेको दाबी गरे । उनले आफू निर्वाचित भएपछि रास्वपाका कार्यकर्तालाई पनि बारा २ को जनसेवामा परिचालन गर्ने बताए ।

निर्वाचित भएपछि आफ्नो सम्पर्क कार्यालय बारा २ नै राख्ने उनले प्रतिबद्धता जनाए । उनले भने बारा जिल्ला मेरो लागि नौलो होइन, यहाँको समस्याबारे म जानकार छु । यो क्षेत्रमा शिक्षा, स्वास्थ्य र सुशासन कायम गर्नु मेरो पहिलो प्राथमिकतामा पर्छन् ।

प्रकाशित मिति: Apr 9, 2023

प्रतिक्रिया दिनुहोस्