Logo
११ आश्विन २०८१, शुक्रबार
(April 7, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिंहदरबारमा सातै प्रदेशका मुख्यमन्त्रीसहित दिगो विकास निर्देशक समितिको बैठक

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा दिगो विकास लक्ष्य केन्द्रीय निर्देशक समितिको बैठक जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दश बजेदेखि बैठक जारी रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

बैठकमा नेपालले दिगो विकास लक्ष्यका उद्देश्यहरू हासिल गर्न गरेका प्रयासको समीक्षा, कार्यान्वयनको अवस्था, चुनौतीलगायत भावी कार्ययोजनाबारे छलफल हुने कार्यतालिका छ ।

बैठकमा राष्ट्रिय योजना आयोगका पदाधिकारीहरू, अर्थ मन्त्री,सबै प्रदेशका मुख्यमन्त्री, मुख्यसचिव, जिल्ला समन्वय समिति महासङ्घ अध्यक्ष, नगरपालिका महासङ्घ, गाउँपालिका महासङ्घका अध्यक्षहरूको उपस्थिति रहेको छ ।

प्रकाशित मिति: Apr 7, 2023

प्रतिक्रिया दिनुहोस्