Logo
११ आश्विन २०८१, शुक्रबार
(April 6, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सय दिनमा पनि मन्त्रिपरिषद् बनाउन नसक्ने प्रधानमन्त्रीको अनुहारमा दागै दाग छ : रघुजी पन्त

नेकपा एमालेका सांसद रघुजी पन्तले सरकारको १०० दिनको उपलब्धी भ्रष्टाचार र दिशाहीन भएको बताएका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै उनले सरकारको १०० दिनको उपलब्धी भ्रष्टाचार हो, दिशाहीनता हो, अन्योल हो, आजको प्रधानमन्त्रीसँग देशलाई कहाँ लैजाने थाहा नभएको बताए ।

पन्तले सरकारले १०० दिनको उपलब्धी भनेर ३७ बुँदा सार्वजनिक गरे पनि त्यसमा उल्लेखनीय केही पनि नभएको बताए । उनले भने, ‘३७ बुँदा पढ्दा के पढेको भन्ने नै बुझिँदैन । यस्तो योजना तर्जुमा गरिएको छ, यस्तो निर्देशन दिइएको छ भन्ने जस्ता कुरा छन् । न किसानका समस्या छन्, न मुलुकको गम्भीर अवस्थाबारे भिजन छ न गरेको कामको उल्लेख छ । जनताले उपलब्धी पाउनुपर्‍यो, जनताले व्यवहारमा सरकार छ भन्ने देखिनुपर्‍यो, १०० दिनमा मन्त्रिपरिषद् बनाउन नसक्ने, यो उपलब्धीहीन भएको छ, यसले कुनै निकास दिन सकेको छैन । आजका प्रधानमन्त्री उभिएर बोल्न सक्दैनन्, तिनीहरूको अनुहारमा दागै दाग छ ।’

 

प्रकाशित मिति: Apr 6, 2023

प्रतिक्रिया दिनुहोस्