Logo
११ आश्विन २०८१, शुक्रबार
(April 6, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बार्सिलोनालाई ४-० ले हराउँदै रियाल कोपा डेल रेको फाइनलमा

करिम बेन्जिमाको ह्याट्रिकप्रेरित रियाल मड्रिडले स्पेनिस कोपा डेल रेको सेमिफाइनलको दोस्रो खेलमा बार्सिलोनालाई ४-० ले पराजित गर्दै फाइनलमा पुगेको छ ।

बुधबार राति बार्सिलोनाको मैदानमा क्याम्प नोउमा भएको खेलमा फराकिलो जित निकालेसँगै पहिलो लेगमा १–० ले पछि परेको रियालले समग्रमा १-४ को जित हात पार्न सफल भएको थियो ।

त्यस्तै, पहिलो हाफको इन्जुरी समयमा भिनिसियस जुनियरले गोल गर्दै रियाललाई अग्रता दिलाएका थिए। बेन्जिमाले दिएको पासलाई पेनाल्टी एरिया भित्रबाट प्रहार गर्दै भिनिसियसले अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा घरेलु टिममाथि हाबी बनेको रियालका लागि बेन्जिमाले ५०, ५८ र ८०औं मिनेटमा गोल गर्दै ह्याट्रिक गरे ।

जितसँगै रियालले मे ६ मा हुने फाइनलमा ओसासुनासँगको भेट सुनिश्चित गरेको छ । ओसासुना सेमिफाइनलमा एथ्लेटिक क्लबलाई समग्रमा १–२ गोलको नतिजामा पराजित गर्दै फाइनलमा पुगेको हो ।

प्रकाशित मिति: Apr 6, 2023

प्रतिक्रिया दिनुहोस्