Logo
११ आश्विन २०८१, शुक्रबार
(April 4, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मिटरब्याज पीडितलाई सरकारको आग्रह : काठमाडौंमा दु:ख पाएर बस्ने होइन, फर्किनुस्

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले तराईका विभिन्न ठाउँबाट काठमाडौँ आएका मिटरब्याजी पीडितलाई काठमाडौँ आएर दुःख पाउन नहुने बताएकी छन् ।

सरकारकी प्रवक्ता समेत रहेकी शर्माले सरकारले मिटरब्याजी पीडितलाई न्याय हुनेगरी शक्तिशाली जाँचबुझ आयोग र अपराध संहिता संशोधन प्रक्र्रिया अघि बढेकाले काठमाडौँ आएर दुःख नपाउन सुझाव दिएकी छन् ।

मिटरब्याजसँग सम्बन्धित समस्याका विषयमा जाँच बुझ आयोग गठन भएको छ । खास मिटरब्याज पीडितलाई सम्बोधन गर्ने अरुलाई नगर्ने आशयको होइन ।

यो आयोगले मिटरब्याजीसँग सम्बन्धी सबै समस्या सदाका लागि सम्बोधन गर्ने उद्देश्यसहित गठन गरिएको हो । यसको मुख्यालय जनकपुरमा राखिएको छ’ शर्माले भनिन्, ‘पीडितहरुले आफ्ना कुरा सहजढंगले पु¥याउन सकुन् भनेर हो । जनकपुरमै कार्यालय राखिएको छ । मिटरब्याजीका के कस्ता समस्याहरु छन् ? समस्याका सामान कसरी गर्ने भन्ने सुझाव दिने छ ।’

मिटरब्याजी पीडितहरुले मन्त्रिपरिषद् गरेको निर्णय विस्तृत रुपमा थाहा नपाएर आएको हुन सक्ने भएकाले विस्तृत रुपमा बुझ्न शर्माले आग्रह गरिन् ।

‘मन्त्रिपरिषद्का निर्णय थाहा नपाएर आउनु भएको हुनसक्छ । उहाँहरुसँग विस्तृतमा छलफल र कुराकानी हुने छ । उहाँहरु काठमाडौँमा दुःख पाउने होइन । उहाँहरु आफ्नो ठाउँमा फर्किनुहुन्छ’ शर्माले भनिन्, ‘सरकारले मिटरब्याजी पीडितको समस्या समाधान गर्न जाँच बुझ आयोग गठनगरी सकेको छ । सबै समस्या शादका लागि समाधान हुनेगरी अघि बढेको छ । यसलाई कानुनी दायरामा ल्याउन अपराध संहिता २०७४ लाई पनि संशोधन गर्ने निर्णयगरी सकेका छौं ।’

विगतमा कानुन नहुँदा मिटरब्याजीलाई समाउन नसकिएको शर्माले बताइन् । अब अपराध संहिता संशोधन भएमा सबै मिटरब्याजी कानुनी दायरामा आउने शर्माको भनाई छ ।

 

प्रकाशित मिति: Apr 4, 2023

प्रतिक्रिया दिनुहोस्