Logo
११ आश्विन २०८१, शुक्रबार
(April 4, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मैले सय दिन पाएको भए कति जना भ्रष्टाचारी जेल गैसक्थे : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ५ वर्षपछि आफ्नो दलको एकल सरकार बन्ने बताएका छन् ।

चितवन क्षेत्र नम्बर २ मा आयोजित कार्यक्रममा उनले त्यसपछि कुनै पनि ताकतले रोक्न नसक्ने बताएका हुन् ।

आगामी १० वैशाखमा हुने उपचुनावका उम्मेदवार समेत रहेका लामिछानेले आफूविरुद्ध जति मुद्दा लगाए पनि केही फरक नपर्ने बताए । आफू त्यसको सामना गर्दै अगाडि बढ्ने उनको दाबी छ ।

उनले पार्टी गठनको ६ महिनामा २० सिट जितेको र अब पाँच वर्षमा दुई तिहाइ बहुमत ल्याएर सरकार चलाउने कुरामा ढुक्क हुन आग्रह गरे। उनले भने, ‘अब ५ वर्षमा दुई तिहाइ हुनसक्छ’ उनले भने–‘जसले जति मुद्दा र षड्यन्त्र गरे पनि पछि हट्ने छैनौँ।’

उनले ३२ दिन सरकारमा बस्दा काम देखाउन आफूले कोसिस गरेको बताए । उनले भने, ‘१०० दिन पाएको भए तपाईँले देख्नुहुन्थ्यो कति जना भ्रष्टाचारी जेल जान्थे।’

प्रकाशित मिति: Apr 4, 2023

प्रतिक्रिया दिनुहोस्