Logo
११ आश्विन २०८१, शुक्रबार
(March 23, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतको अपराजित यात्रामा पूर्णविराम, अस्ट्रेलिया वरीयताको शीर्ष स्थानमा

घरेलु मैदानमा कुनै पनि एकदिवसीय शृङ्खला नहारेको भारतको चार वर्षको अपराजित यात्रामा अस्ट्रेलियाले पूर्णविराम लगाएको छ । बुधबार भएको निर्णायक एकदिवसीय खेलमा २१ रनको रोमाञ्चक जीत हासिल गर्दै अस्ट्रेलियाले भारतीय भूमिमा २–१ ले शृङ्खला कब्जा जमाएको हो । जीतसँगै अस्ट्रेलिया एकदिवसीय वरीयताको शीर्ष स्थानमा उक्लिएको छ ।

बुधबार चेन्नाईमा भएको खेलमा एडम जाम्पा र एस्टन अगारले एक आपसमा ६ विकेट लिएपछि २७० रनको लक्ष्य पाएको भारत मात्र २४८ रनमा सीमित बन्यो ।

भारतका लागि पूर्वकप्तान विराट कोहलीले ५४ तथा हार्दिक पाण्ड्याले ४० रन बनाए पनि टोलीलाई जीतसम्म डोर्‍याउन सकेनन् । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले मिचेल मार्सको ४७ तथा एलेक्स केरीको ३८ रनको मद्दतले ४९ ओभरमा अलआउट हुँदै २६९ रन बनाएको थियो ।

पहिलो एकदिवसीय खेलमा भारत ५ विकेटले विजयी भएको थियो । तर, त्यसपछि दोस्रो र तेस्रो खेलमा अस्ट्रेलियाले पुनरागमन गर्‍यो । दोस्रो एकदिवसीयमा भारतमाथि अस्ट्रेलियाले कीर्तिमानी १० विकेटको जीत हासिल गरेको थियो ।

प्रकाशित मिति: Mar 23, 2023

प्रतिक्रिया दिनुहोस्