उच्च पदस्थ व्यक्तिका आफन्तलाई सरकारी पदबाट हट्न तालिवान सरकारद्वारा आदेश
तालिवान सरकारले सरकारी पदमा रहेका उच्च पदस्थ व्यक्तिहरुका आफन्त र नातागोतालाई तत्काल हट्न आदेश दिएको छ ।
पाकिस्तानको पेशावरस्थित अफगान इस्लामिक प्रेसले सरकारी पदमा उच्च पदस्थ ब्यक्तिहरुको आफान्त र नातागोता रहेको सार्वजनिक गरे पछि तालिवान सरकारले सो आदेश जारी गरेको हो ।
तालिवानका नेता हिबतुल्लाह अखुन्दजादाले तत्काल उनीहरुलाई हट्न आदेश दिएको जानकारी दिएका हुन । उनका अनुसार पहुँचका आधारमा सरकारी पदहरुमा अनुभवहीन व्यक्तिहरुको प्रवेश भएकाले तत्काल हट्न आदेश दिइएको छ ।
डेढ वर्षदेखि तालिवानको शासनमा रहेको अफगानिस्तानमा आर्थिक संकटका कारण मानवीय संकट पनि उत्पन्न भएको छ ।