रबिको राहदानी प्रकरणमा प्रहरीले अनुसन्धान सक्यो, प्रतिवेदन सरकारी वकिलको कार्यालयमा
नेपाल प्रहरीले रास्वपाका सभापति रबि लामिछानेको राहदानी प्रकरणमा अनुसन्धान सकेको छ ।
जिल्ला प्रहरी कार्यालय काठमाडौंले अनुसन्धान सकेर अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंलाई बुझाएको छ।
रबिमाथि अमेरिकी राहदानी भएकै बेला नेपाली राहदानी निकालेर दुरुपयोग गरेको आरोप लागेको थियो। प्रतिनिधिसभा चितवन-२ बाट निर्वाचित लामिछानेविरुद्ध नेपाली नागरिकता नलिएको भन्दै सर्वोच्च अदालतमा रिट परेको थियो।
सोही रिटमा सर्वोच्चले माघ १३ गते उनको सांसद् पद खारेज गरेको थियो।