Logo
११ आश्विन २०८१, शुक्रबार
(March 12, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रपति पौडेलले गरे कांग्रेसबाट अलग भएको घोषणा

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसको जिम्मेवारीबाट राजीनामा दिएका छन् । बिहीबार राष्ट्रपतिमा निर्वाचित भएका पौडेलले आइतबार कांग्रेसको सबै पदबाट राजीनामा बुझाएका हुन् ।

पौडेलको राजीनामापत्र कांग्रेस नेता राजुराज जोशीले पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई बुझाएका छन् । कांग्रेसको वरिष्ठ नेताको जिम्मेवारीबाट पौडेलले राजीनामा बुझाएको कांग्रेस कार्यालयका सचिव प्रकाश शर्माले बताए ।

प्रकाशित मिति: Mar 12, 2023

प्रतिक्रिया दिनुहोस्