Logo
११ आश्विन २०८१, शुक्रबार
(March 10, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने नागरिक उन्मुक्ति पार्टीको निर्णय

नागरिक उन्मुक्ति पार्टीले सो दलकी अध्यक्ष र संसदीय दलको नेता समेत रहेकी रञ्जिता श्रेष्ठ चौधरीलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

आज बिहान सिंहदरबार स्थित संसदीय दलको कार्यालयमा बसेको पार्टीको सचिवालय बैठकले सो निर्णय गरेको नाउपाका प्रमुख सचेतक गंगाराम चौधरीले जानकारी दिए ।

सत्ता गठबन्धनको तर्फबाट भने जसपाका नेता रामशहाय यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ । उपराष्ट्रपतिको निर्वाचन आउँदो चैत ३ गते हुँदैछ ।

प्रकाशित मिति: Mar 10, 2023

प्रतिक्रिया दिनुहोस्