Logo
११ आश्विन २०८१, शुक्रबार
(March 9, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रपति निर्वाचनमा साढे १२ बजेसम्म ६०३ मत खस्यो

राष्ट्रपति निर्वाचनमा दिउँसो साढे १२ बजेसम्म ६०३ जनाले मतदान गरेका छन् ।

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयका अनुसार दिउँसो १२ः३५ सम्म संघीय संसदका २६७ र प्रदेशसभाका ३३६ जना सदस्यले मतदान गरेका छन् ।

राष्ट्रपति निर्वाचनमा बिहीबार विहान १० बजेदेखि संघीय संसद भवन नयाँ बानेश्वरमा मतदान भइरहेको छ । संघीय संसद र प्रदेशसभा सदस्य गरी ८८३ जना मतदाता रहेका छन् ।

राष्ट्रपतिका लागि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहितका ८ दलले रामचन्द्र पौडेललाई उम्मेदवार बनाएका छन् । नेकपा एमालेले भने सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाएको छ ।

प्रकाशित मिति: Mar 9, 2023

प्रतिक्रिया दिनुहोस्