Logo
८ मंसिर २०८१, शनिबार
(August 15, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सबै ठाउँमा नपुगेको गुनासो आएपछि राहत वितरणमा कडाई !

मनपरी राहत वितरण हुँदा सबै ठाउँ नपुगेको गुनासो आएपछि सरकारले राहत वितरणमा कडाई गरेको छ । बाढी पहिरो प्रभावित क्षेत्रहरुमा थप राहत प्रदान गर्न गृह मन्त्रालयले सहसचिव केदार न्यौपानेलाई राहत संकलन संयोजन समितिको संयोजक तोकेको छ । राहत वितरण गर्न चाहनेले उनीमार्फत गर्नुपर्नेछ ।

राहत सामाग्री त्रिपाल, भाँडाकुडाँ खाद्दान्न दाल, चामल, नुन, तेल, ड्राइफुड लगायत नयाँ लत्ताकपडा उपलव्ध गराउन इच्छुक निजी कम्पनी, सामुदायिक संघ संस्था तथा व्यक्तिहरुले राहत संकलन संयोजन समितिका संयोजकसंग समन्वय गरी काठमाण्डौं थापाथलीमा रहेको नेपाल खाद्द संस्थानको गोदाम घर वा विश्व खाद्द कार्यक्रम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गोदामघरमा गृह मन्त्रालयवाट खटिएका कर्मचारीहरुलाई हस्तान्तरण गरी सहयोग गरिदिनुहुन सरकारले अनुरोध गरिएको छ ।

गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले आईतबार पश्चिम र पुर्वका केही बाढी प्रभावित क्षेत्रका जनतालाई भेटे पछि व्यवस्थापन कार्य तिव्र पार्न सो समिती गठन गरिएको हो ।

प्रकाशित मिति: Aug 14, 2017

प्रतिक्रिया दिनुहोस्