Logo
१२ आश्विन २०८१, शनिबार
(March 3, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाललाई पीएनजीमाथि जित्नै पर्ने दबाब

विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले आफ्नो तेस्रो खेलमा आज (शुक्रबार) पपुवा न्युगिनी(पीएनजी)सँग खेल्दै छ । दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुने नेपाल र पीएजीबीचको खेल नेपाली समयअनुसार ११ः४५ मा सुरु हुनेछ ।

सिरिजको पहिलो खेलमा पीएनजीलाई हराएको नेपाल आजको खेलमा पनि सहज जित निकाल्ने योजनामा छ । सोमबार भएको खेलमा नेपालले पीएनजीलाई पराजित ४ विकेटले हराएको थियो । एकदिवसीय मान्यता जोगाउन आजको खेलमा नेपाललाई जित निकाल्नै पर्ने दबाब छ ।

नेपाललाई विश्वकप छनोट खेल्न अब बाँकी सबै खेल जित्नु पर्ने छ । आजको खेलमा जित निकाल्न सकेमा नेपालले लिग–२ मा ४ खेलमा जित निकाल्दै एकदिवसीय मान्यता जोगाउन सक्ने छ । लिग–२ मा नेपाल ३० खेलमा १३ मा जित र १५ मा हारसहित छैटौं स्थानमा छ । पीएनजी ३० खेलमा ३ मा जित र २६ मा हारसहित अंक तालिकाको पुछारमा रहेको छ ।

प्रकाशित मिति: Mar 3, 2023

प्रतिक्रिया दिनुहोस्