Logo
१२ आश्विन २०८१, शनिबार
(March 2, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मन्त्रिपरिषद् विस्तार प्रक्रिया आजैदेखि सुरु गर्छु : प्रधानमन्त्री

राष्ट्रपति निर्वाचनबारे आठ दलको अभिमुखीकरण तालिमबाट बाहिरिँदै बिहीबार प्रधानमन्त्री तथा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले मन्त्रिपरिषद् विस्तारको प्रक्रिया आजै सुरु गर्ने बताएका छन्।

‘हेर्दै जानुहोला यो गठबन्धन ५ वर्ष टिक्छ,’ उनले भने, ‘मन्त्रिपरिषद् विस्तार प्रक्रिया आजैदेखि सुरु गर्छु।’ उनले गत पुस १० मा बनेको गठबन्धन यसबीचमा कताकता रुमलिएको पनि बताए।

प्रधानमन्त्री प्रचण्डले १६ मन्त्रालयको जिम्मेवारी लिइरहेका छन्।

फागुन २५ का लागि राष्ट्रपति निर्वाचन निर्धारित छन्। काँग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई माओवादी, समाजवादीसहित ८ दलको समर्थन छ।

प्रकाशित मिति: Mar 2, 2023

प्रतिक्रिया दिनुहोस्