Logo
१२ आश्विन २०८१, शनिबार
(March 2, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कानुन नभएकाले प्रधानन्यायाधीश नियुक्ति रोकिएको हो : प्रधानमन्त्री कार्यालय

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले कानुन नभएकाले प्रधानन्यायाधीश नियुक्त गर्न नसकिएको जनाएको छ।

कार्यालयले बिहीबार सूचना जारी गर्दै प्रधानन्यायाधीशको नियुक्तिसम्बन्धी सिफारिस प्रक्रिया अगाडि बढाउन नसकिएको जनाएको हो।

अधिवक्ता कपिलदेव ढकालले प्रधानमन्त्री कार्यालयमा सूचनाको हक प्रयोग गरी दर्ता गरेको निवेदनमा जवाफ दिँदै कानुन नभएकाले नियुक्ति प्रक्रिया अगाडि बढाउन नसकिएको सूचना अधिकारी कविता फुयाँलले जनाएकी छन्।

फागुन १ गते नेपाल बार एसोसिएसनले सर्वोच्च प्रधानन्यायाधीश नियुक्ति गर्न भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएको थियो।

सम्बन्धित समाचार : प्रधानन्यायाधीश नियुक्त गर्न नेपाल बारको ध्यानाकर्षण

गत वर्ष फागुन १ गते महाअभियोग लागेर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा निलम्बनमा परेपछि न्यायपालिका कायममुकायमको भरमा चल्दै आएको छ।

राणाको निलम्बनपछि वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की कायममुकायम प्रधानन्यायाधीश बनेका थिए। झण्डै ८ महिना कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेपछि उनले उमेर हदका कारण अवकाश पाएपश्चात् न्यायाधीश हरिकृष्ण कार्कीले यो जिम्मेवारी सम्हालेका छन्।

 

प्रकाशित मिति: Mar 2, 2023

प्रतिक्रिया दिनुहोस्