विषादी सेवन गरेपछि शर्मिला वाइबालाई अचेत अवस्थामा अस्पताल पुर्याइयाे
युट्युबलगायत सामाजिक सञ्जालमा बिभिन्न कुरा बाेलेर चर्चामा आएकी शर्मिला वाइबालाई अचेत अवस्थामा अस्पताल पुर्याइएकाे छ ।
उनकाे अहिले वीर अस्पतालमा उपचार भइरहेको काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए । कार्कीका अनुसार उनको स्वास्थ्य अवस्था खतरामुक्त छ ।
बुधबार राति उनले काठमाडौंको बानियाँटारस्थित आफ्नै निवासमा विषादी सेवन गरेको सूचना पाइएकाे एसएसपी कार्कीले बताए ।