Logo
१२ आश्विन २०८१, शनिबार
(February 28, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मलेसियामाथि नेपालको १० विकेटको सानदार जीत

आईसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोटको चौथो खेलमा नेपालले मलेसियामाथि १० विकेटको सानदार जित दर्ता गरेको छ ।

मंगलबार यूएईको अजमानस्थित मलेक क्रिकेट मैदानमा मलेसियाले दिएको ७३ रनको लक्ष्य नेपालले ९ ओभरको समाप्तिमा जीत हासिल गरेको हो । कुनै विकेट नगुमाई नेपालले सानदार जीत निकालेको हो ।

नेपालका लागि दीपक बोहराले ३८ र अर्जुन कुमालले २१ रन बनाएका हुन् । दीपकले २९ बलमा ८ चौकासहित ३८ रन बनाएका हुन् भने अर्जुन २५ बलमा ३ चौकाको मद्दतले २१ रन बनाएका थिए । नेपालले मलेसियाबाट अतिरिक्त १४ रन पाएको थियो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले ३५.३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन मात्र जोडेको थियो ।

नेपाल ४ खेलमा ८ अंकका साथ शीर्ष स्थानमा छ । युएई ३ खेलमा ६ अंकका साथ दोस्रो स्थानमा छ । अब नेपाल र युएईबीच बिहीबार प्रतिस्पर्धा हुनेछ ।

६ राष्ट्र सम्मिलित यस प्रतियोगिताको विजेता टोली अर्को वर्ष श्रीलंकामा हुने आईसीसी यू–१९ विश्वकपमा पुग्ने छ ।

प्रकाशित मिति: Feb 28, 2023

प्रतिक्रिया दिनुहोस्