Logo
२ कार्तिक २०८१, शुक्रबार
(August 15, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ढोका नखोले भन्दै भारतीय राजदूतावास घेराउ गर्ने मधेशी युवाको चेतावनी

काठमाडौं : कोशी ब्यारेजको ढोका नखोले भारतीय राजदूतावास घेराउ गर्ने मधेशी युवाहरुको चेतावनी दिएका छन । अविरल वर्षाका कारण आएको वाढ़िले गर्दा देशभरमा ४० जना भन्दा वढीले मृत्युवरण गरिसकेको भन्दै मधेशी यूवाहरुले आक्रोश पोखेका हुन ।

मधेशी यूथ थिंक टैंकको आइतबार बसेको बैठकले नेपाल सरकारको दलाल चरित्रले मधेश यो अवस्थामा पुगेको भन्दै सरकारको समेत बिरोधमा उत्रिने निर्णय गरेको अध्यक्ष विजय पंजियारले बताए ।

मधेशका सम्पूर्ण जिल्लाहरु अबैज्ञानिक तवरले नेपाल सरकारले नेपालका सिरसस्त नेताहरूलाइ मात्र फाइदा हुने गरी सन्धि समझौता गरेको आरोप उनले लगाए ।

‘मधेशमा परेको यस दुःखको बेलामा हामि चुप लागेर बस्न सक्दैनौं, उनले भने, भारतलाई समेत हामि आग्रह गर्दछौं, उस्ले कोशी व्यारेजका केहि ढोकाहरु खोलिदिन पर्छ ।

उनले भने, यसो नगरिए नेपाल–भारतबीच युगौदेखि रहेको रोटी–बेटीको सम्बन्ध समेत खतरामा पर्न सक्नेछ ।

प्रकाशित मिति: Aug 13, 2017

प्रतिक्रिया दिनुहोस्