Logo
२ कार्तिक २०८१, शुक्रबार
(August 13, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थापा पक्षले यसरी नेता लुकाइदिएपछि पशुपतिलाई आपत !

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का तीन नेता विदेश यात्रामा र चार नेतालाई कमल थापा पक्षले लुकाइदिएपछि निर्वाचन आयोगले तोकेको समयमा ‘सनाखत’ गराउन उक्त दल असफल भएको छ ।

गत साता (२२ साउन) निर्वाचन आयोगमा पशुपति शमशेर राणाको नेतृत्वमा राप्रपा (प्रजातान्त्रिक) गठन हुँदा १ सय ६६ मध्ये ७२ जना केन्द्रिय सदस्यले दस्तखत गरेका र अयाोगले सोही दिन सनाखत पनि गराइसकेको थियो ।

तर राप्रपा अध्यक्ष कमल थापाले पशुपति शमशेर पक्षबाट प्रस्तुत भएको दस्तखत नक्कली भएको दाबी गरेपछि निर्वाचन आयोगले पत्र लेखी पशुपति शमशेर राणालाई पुनः सनाखतका निम्ति बोलाइएको थियो ।

यस बीचमा आङ्नीमा शेर्पा र रामकृष्ण भट्टराई अमेरिका गएका अनि रेणु शाह र राजेश्वरी शाहलगायत केहीलाई कमल थापा पक्षले लुकाइदिएपछि राप्रपा (प्रजातान्त्रिक) निकै सकसमा परेको बुझिएको छ ।

सनाखतका निम्ति बोलाइएका पशुपति शमशेर राणा आफ्नो दलबलसहित आज निर्वाचन आयोग पुगी एक निवेदन दर्ता गराएका छन् । निवेदनमा उनले एकपटक सनाखत भइसकेकोले पुनः सनाखत गर्न आवश्यक नभएको जिकीर गरेका छन् ।

पुनः सनाखत गर्नुपर्ने भए दश दिनको समय दिन राणाले निवेदनमा माग गरेका छन् ।

प्रकाशित मिति: Aug 13, 2017

प्रतिक्रिया दिनुहोस्