Logo
२ कार्तिक २०८१, शुक्रबार
(August 13, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाढी,पहिरोमा मृत्यु हुनेको संख्या ४९ पुग्यो, ३५ हजार ८ सय ४३ घर डुबानमा

काठमाडौं : केही दिनदेखिको अविरल वर्षाका कारण मुलुकभर गएको पहिरो, बाढी र डुबानका कारण मृत्यु हुनेको संख्या ४९ पुगेको छ । १७ घाइते, ३६ जना वेपत्ता छन् । गृहमन्त्रालयले दिएको जानकारी अनुसार ३५ हजार ८ सय ४३ घर डुबानमा परेका छन् ।

आइतबार दिउँसो सवा १ बजेको तथ्यांकअनुसार १ हजार घरमा क्षति, ३४ अन्य भौतिक संरचना नस्ट भएका छन् भने ३ सय ९७ पशु चौपाया मरेका गृहमन्त्रालयले तथ्यांक उपलब्ध गराएको छ । हजारौं परिवार विस्थापित भएका छन् ।

सुनसरीमा ८ र रौतहट ७, मकवानपुरमा ६, मोरङमा ६, सिन्धुलीमा ४ को मृत्यु भएको छ । त्यस्तै सुर्खेत, बाँके र झापामा ३/३ जनाको मृत्यु भएको गृह मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

प्रकाशित मिति: Aug 13, 2017

प्रतिक्रिया दिनुहोस्