NRN द्धारा बाढिपीडितलार्इ तत्काल ६ कराेड सहयोग घाेषणा
काठमाण्डौ । बाढी पहिरोले तराई तथा पहाडी जिल्लामा गरेको धन जनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै पिडीतलाई राहत प्रदान गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए)ले आपतकालिन राहत कोषको स्थापना गरेको छ ।
साथै बैठकले गैरआवासीय नेपाली संघमा आवद्ध विश्वभरि छरिएर रहेका नेपालीहरुलाई गैरआवासीय नेपाली संघको परोपकारी खातामा रकम जम्मा गरी विपतका बेला देशबासीलाई साथ दिन आह्वान गरेको छ ।
एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषद्को आइतबार बसेको आकस्मिक बैठकले आपतकालिन राहत प्रदानका लागि कोष स्थापना गर्ने र तत्कालै राहत वितरणमा खटिने निर्णय गरेको छ । ‘यो दुःखको घडीमा हामी देशबासीको साथमा छौं’ अध्यक्ष घलेले भने, आवश्यक राहत सामाग्री खरिद गरी हामी तत्कालै बितरणमा खटिने छौं ।’
तत्कालका लागि करिव ६ करोड रुपैयाँ जम्मा गरी बाढिपिडीत जनतालाई लत्ताकपडा र खाद्यन्नलगायतका अत्यावश्यक राहत सामाग्री बितरण गर्ने गैरआवासीय नेपाली संघले निर्णय गरेको घलेले जानकारी दिए ।