Logo
२ कार्तिक २०८१, शुक्रबार
(August 13, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाढीले बेहाल : पिडितलाई सुरक्षित स्थानतर्फ स्थानतरण

काठमाडौं :  बाढीका कारण डुबानमा परेकालाई स्थानियले ठाँउ-ठाँउमा सुरक्षित स्थानतर्फ स्थानतरण गरिरेका छन । प्रहरीले उपलब्ध गराएको समाग्री आदि लिएर स्थानियले स्थानतरण गरिरहेका हुन । अभिरल वर्षासँगै आएको बाढीले मोरङको जहदा गाँउपालिका–३ र ४ स्थित लोहान्द्र खोलामा आएको बाढी गाउँमा पस्दा करिब एक सय ५० घर डुबानमा परेको प्रहरी हेडक्वाटरले जानकारी दिएको छ । उक्त घरका मानिसहरु सोही ठाउँमा रहेको दुर्गा उच्च माध्यामिक बिद्यालय तथा आफन्तका घरमा आश्रय लिइरहेको पनि प्रहरीले जानकारी दिएको छ ।

साथै, सोही गाउँपालिका–७ महादेव कोल र भिमपुरमा सोही खोलाको बाढी पसी ४ सय घर डुबानमा परेकाले ५० घरका करीब दुई सय ५० जनालाई सोही स्थानमा रहेको महेन्द्र माध्यामिक बिद्यालयमा राखिएको छ ।

त्यस्तै,  कैलालीको भजनी नगरपालिका–८ स्थित खैरा, कृष्णनगर, काडाढिक, सोनाफाटा, खल्ला, भ्रतनापुर, दैलेखि टोल, जनकपुर, बाहादुरपुर छछरुवामा अवरिल बर्षासँगै आएको बाढीले करिब एक हजार एक सय ५० घरधुरी पूर्ण रुपमा डुवानमा परेको प्रहरी प्रधान कार्यालय काठमाडौँले जनाएको छ ।

त्यस्तै, भजनी नगरपालिका–२ स्थित घरुवा, कटकानपुर, पल्टुपुर, मोहनपुर गरी तीन सय ४७ घर धुरी समेत पूर्ण रुपमा डुवानमा परेको र सोही नगरपालिका–६ नवलपुर, थापापुर, बिस्नापुर, बसाहा, खोदाउपुरमका करिब एक हजार घरधुरी आंकिश रुपमा डुवानमा परेकाले प्रभावितहरुलाई सुरक्षित स्थान हुलाकी राजमार्ग र अग्लो स्थानमा सारिएको प्रहरीले जनाएको छ ।

तयस्तै, झापाको दमक नगरपालिका–१० स्थित बेतिनी खोलामा आएको बाढीले नदी छेंउमा रहेका करीब २० वटा फुसको छानो भएको कच्ची घरहरु बाढीले बगाएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यसैगरी झापा गाउँपालिका ५, ६ र ७ सनामती गाउँमा बिरिङ खोलामा आएको बाढीले बस्ती डुबानमा पर्दा करिब १२ सय घर डुबानमा परेका छन् ।

यसैगरी रंगेली नगरपालिका–५ बजारमा बक्राह खोलाको बाढी पसेर करीब २० घर डुबानमा परेको र उक्त घरका मानिसहरुलाई सोही स्थानमा रहेको निचामारी प्राथमिक विद्यालयमा राखिएको छ ।

महोत्तरीको लोहारपट्टी गाउँपालिका–४ स्थित स्टेशन टोलमा १० वटा घर शनिबार डुबानमा परेका छन् । उक्त घरका मानिसहरुलाई प्रहरीले सुरक्षित स्थानमा ल्याएको पनि प्रहरी मुख्यालयले जानकारी दिएको छ ।

 

प्रकाशित मिति: Aug 13, 2017

प्रतिक्रिया दिनुहोस्